Spread the love

काठमाडौ, ६ मंसिर ।

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी केहीबेरअघि मात्रै नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री बनेपछि शाहाको यो पहिलो विदेश राजकीय भ्रमण रहेको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा ३५ जना सहभागी छन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन् ।

त्यस्तै, प्रधानमन्त्रीका स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि भ्रमण टोलीमा छन् । टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधि पनि छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । सोमबार प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

">
Bajaj Grand Exchange Mela