भैरहवा,५ मंसिर ।
सशस्त्र प्रहरी बल रुपन्देहीले सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको करिब साढे १४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले ओमसतिया गाउँपालिका–१, ठुटीपिपलस्थित सीमा क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ । शस्त्र प्रहरी बल नं. २७ गण हेडक्वाटर रुपन्देहीका अनुसार बरामद गरिएका किराना सामान र नियन्त्रणमा लिइएको सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।





















