काठमाडौं,४ मंसिर ।
आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । निर्वाचनको समय, तयारी र व्यवस्थापनका विषयमा आयोगमा जारी छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।
जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सहभागी छन् । यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो ।
उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।





















