Spread the love

लुम्बिनी । लुम्बिनी विकास कोषले पूर्णता पाएको छ । कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषको पदाधिकारी तथा परिषद् सदस्य संरचना पूर्ण भएको हो । कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा पदबहालीका लागि बुधबार लुम्बिनी आएकी छिन । उनले बुधबार नै पदबहाली गर्ने कार्यक्रम रहेको कोषका सदस्य–सचिव सन्तोष पाण्डेयले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । कोषले पूर्णता पाएपछि मात्रै शपथ तथा पदबहाली गर्ने उनको अडान थियो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले करिब ६ महिनादेखि रिक्त रहेको सदस्य–सचिव पदमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो । सोही बैठकले परिषद् सदस्यमा रूपन्देहीका डा. अमित केसी, उपेखा गुरुमासहित दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो ।

">
Bajaj Grand Exchange Mela