Spread the love

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले १९ ग्राम ६८० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँदेवस्थित क्षेत्रमा लागूऔषध खैरो हेरोइन खरिद–बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ निवासी २५ वर्षीय देविट चौधरी र ३४ वर्षीय नरेन्द्र डुङ्गोला रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट १९.६८० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र म.२ प. ३३४५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी पठाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

">
Bajaj Grand Exchange Mela