Spread the love

नवलपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। कावासोती नगरपालिका–११ लोकाहास्थित सडकखण्डमा सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटना भएको हो।

चालकले बसमाथिको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

">
Bajaj Grand Exchange Mela