Spread the love

बुटवल । विश्व मधुमेह दिवस २०२६ को अवसरमा केन डायबिटिज एण्ड थाइरोइड सेन्टर, शंकरनगरको आयोजनामा २०औँ संस्करणको केन साइक्लोथन ¥याली सम्पन्न गरेको छ । मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले केन सेन्टर शंकरनगरबाट सुरु भएको ¥याली मणिग्राम हुँदै भलवारी चोक, १० नम्बर, योगीकुटी, बुटवल ट्राफिक चोक हुँदै पुनः केन सेन्टरमै पुगेर समापन गरिएको थियो ।

बुटवल युनाइटेड साइक्लिङ क्लब, तिलोत्तमा राइडर्सको सहकार्य तथा लायन्स क्लब अफ भलवारी सिटी र लियो क्लब अफ तिलोत्तमा भलवारीले सहयोगमा केन सेन्टरले विश्व मधुमेह दिवसका अवसरमा सञ्चालन गर्दै आएको जनचेतनामूलक अभियानको यो २० औँ संस्करण भब्य रुपमा गरिएको सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । विश्वभर मधुमेहको समस्या तीव्र रूपमा बढिरहेको र नेपालमा पनि यसको जोखिम चिन्ताजनक रहेको उनले बताए । असन्तुलित खानपान, शारीरिक निष्क्रियता, मोटोपना तथा अस्वस्थ जीवनशैली मधुमेहका प्रमुख जोखिम कारक रहेको उल्लेख गर्दै उनले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र शारीरिक व्यायाममा ध्यान दिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) को सन् २०२५ को प्रतिवेदनअनुसार विश्वभर २० देखि ७९ वर्ष उमेर समूहका करिब ५८ करोड ९० लाख मानिस मधुमेहबाट प्रभावित छन् । नेपालमा पनि करिब १२ लाख ५९ हजार वयस्कमा मधुमेह रहेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण र समयमै स्वास्थ्य परीक्षणले टाइप–२ मधुमेहको जोखिम कम गर्न सहयोग पु¥याउँछ । कार्यक्रममा रुपन्देहीका करिब ५० जना साइकलयात्री सहभागी भएका थिए ।

">
Bajaj Grand Exchange Mela