Spread the love

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज शुक्रबार हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै, आज राति पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

">
Bajaj Grand Exchange Mela