Spread the love

भैरहवा । रुपन्देहीमा परम्परागत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन् ।

उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावविपरीत अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

">
Bajaj Grand Exchange Mela