चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४ त्रिचोकमा बुधबार बिहान घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा ३२ वर्षीया सपना राना मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ८ः३० बजे स्याङ्जाको चापाकोट गाउँपालिका–६ स्थायी घर भई हाल भरतपुर–४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती सपनामाथि कोठाभित्रै कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















