Spread the love

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा राधास्वामी सत्संग व्यास नेपालको विशेष सत्संग कार्यक्रम आयोजना हुने भएको छ । रोहिणी गाउँपालिका–६ सेमरहवामा कात्तिक २४ गते मंगलबार बिहान १० बजे विशेष सत्संग कार्यक्रम आयोजना गर्न लागिएको हो ।

राधास्वामी सत्संग व्यास नेपालअन्तर्गतका विभिन्न सोसाइटीहरूको पहलमा उक्त स्थानमा संस्थाको प्रमुख केन्द्र (मेजर सेन्टर) निर्माण भइरहेको छ । करिब ५० देखि ६० बिघा क्षेत्रफलमा फैलिएको जग्गामा केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माणको काम अघि बढाइएको आयोजकले जनाएको छ । उक्त स्थानमा संस्थाका प्रमुख परमपूजनीय सतगुरुको उपस्थितिमा विशेष सत्संग कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाका ई.मोहन पाण्डेयले बताए ।

राधास्वामी सत्संग व्यास नेपालले प्राकृतिक विपद्, महामारी तथा विभिन्न कठिन परिस्थितिमा मानव कल्याण, उद्धार र सहयोगका कार्य गर्दै आएको छ । संस्थाले सामाजिक सेवासँगै आध्यात्मिक चेतना र आत्मकल्याणका गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । संस्था गैरराजनीतिक, अहिंसात्मक तथा गैरनाफामूलक रहेको उल्लेख गर्दै मानव सेवा, आध्यात्मिक साधना र परमार्थिक कार्यमा समर्पित रहेको छ ।

">
Bajaj Grand Exchange Mela