Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्स १८.३ ओभरमा १५४ रनमै समेटियो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । त्यस्तै अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रनको योगदान दिए । कर्णालीको ब्याटिङ ध्वस्त पार्ने क्रममा पोखराका मेहदी हसनले सर्वाधिक ३ विकेट लिए । धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान २–२ विकेट हात पारे । पोखराले बनाएको २१७ रनको योगफल जारी प्रतियोगिताकै सर्वाधिक स्कोर हो । यो एनपीएल इतिहासकै दोस्रो उच्च स्कोरसमेत हो ।

लगातार चार खेलमा पराजित हुँदै आएको पोखराले पाँचौँ खेलमा जित निकाल्दै प्रतियोगितामा अंकको खाता खोलेको छ । जितसँगै पोखराले प्रतियोगितामा आफ्नो सम्भावना कायम राखेको छ । यता कर्णालीको भने यो लगातार तेस्रो हार हो । पाँच खेलबाट ४ अंक जोडेको कर्णाली अंक तालिकाको सातौँ स्थानमा झरेको छ । यसअघि लगातार हार बेहोरेको पोखराका लागि यो जितले प्रतियोगितामा पुनरागमनको आशा जगाएको छ ।

">
Bajaj Grand Exchange Mela