Spread the love

भैरहवा, २० कार्तिक ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित काशी नोबल एकेडेमीमा रमाइलो गरौं, संस्कृति बचाऔं’ भन्ने मूल नाराका साथ शुक्रबार ‘देउसीभैलो कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । तिहारको अवसरमा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो । यसैबीच विद्यालयले शुक्रबार नै रंगोली बनाउने प्रतियोगितासमेत आयोजना गरेको थियो ।

कक्षा ११ र १२ का विद्यार्थीहरूले सामूहिक रूपमा प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १२ का विद्यार्थीहरू विजयी भएका थिए । विजयी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे र सह–प्राचार्य श्री रायमाझीले पुरस्कार प्रदान गरे । शोभना जैसी र कोपिला गुरुङ निर्णायक रहेको प्रतियोगिताको संयोजन कक्षा ११ र १२ का संयोजक दीपक काफ्लेले गरेका थिए ।

">
Bajaj Grand Exchange Mela