Spread the love

काठमाडौँ,१८ कार्तिक ।

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज बाट सुरु भएको छ । आज र भोलि दुई दिन सम्म हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ ।

">
Bajaj Grand Exchange Mela