Spread the love

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

देशका केही पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने भए पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालबाट मनसुन बाहिरिसकेको अवस्थामा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्