काठमाडौँ,३० असोज ।
यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन, कार्यकुलशता व्यवसायीक दक्षता र जिम्वारी निर्वाहको मूल्याङ्कन गरेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई व्याटन प्रदान गरिएको हो ।शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरेका हुन् ।






















