Spread the love

काठमाडौं,८ असोज ।

जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४(२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज खेलको पहिलो हाफमा १९–१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५–१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४–२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ ।यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्