बुटवल, २६ असार ।
नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा बुटवल मोबाइल संघ, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । रगत अभावको बेला नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा संघद्धारा आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको संयोजन दीपक आचार्यले बताए ।
कार्यक्रमको एक समारोहका बिच नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सचिव विष्णु ज्ञवालीले ब्लड ब्याग हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए ।
नेपाल मोबाइल वितरक संघ लुम्बिनीका अध्यक्ष राजेन्द्र पाण्डे, महासंघका केन्द्रीय सदस्य शिवदेव अर्याल र लुम्बिनी प्रदेशका डी.एन. भण्डारी, संघका अध्यक्ष दिपेन्द्र पाण्डेले सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै रक्तदानको महत्वबारे प्रकाश पारे । सामाजिक सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने संघका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।





















