काठमाडौं,२४ असार ।
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला नौ सय रूपैयाँ घटेर प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५५ रूपैयाँ घटेर चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




















