Spread the love

काठमाण्डौ ।
नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा पुगेको छ । आइतबार बिहान ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले हङकङ र मलेसियाबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर कुशल भूर्तेल ८ बल खेलेर २० रन बनाउँदै आउट भएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आशिफ शेख १ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र लोकेश बमले खेललाई जिततर्फ डोहो¥याएका थिए । कप्तान रोहितले २० बल खेलेर २१ रन बनाए । उनले २ चौका प्रहार गरे । त्यस्तै लोकेसले २६ बलम ४४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

ओमानका समीर ओठम्यानले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा अल आउट गर्दै ९४ रनमा रोकेको थियो । करण केसीले ३ र सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिए । नेपालको कसिलो बलिङमा कप्तान शुफ्यान मेहमुदले ३८ रन बनाए । जुबेर अल बलुसीले २२ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्