बुटवल, २३ जेठ ।
फुटबल खेलसंगै सामाजिक क्षेत्रमा अग्रसर गोर्खा ब्वायज स्पोर्टस क्लबको नेतृत्वमा बुद्धि बहादुर गुरुङ दोहोरिएका छन । शनिबार तिलोत्तमास्थित कुन्जपार्कमा भएको क्लबको १८ औ साधारण सभा तथा ९ औ अधिवेसनबाट गुरुङको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको हो ।
अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष विकास गुरुङ, उपाध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष दिपिका शाही ठकुरी, महासचिव शंकर मल्लाह, सचिव सुनिल राना, कोषाध्यक्ष बिर बहादुर दर्लामी, सह कोषाध्यक्ष रिन्जी राना तथा सदस्यहरु आशिष राना, प्रदिप आचार्य, हिमाल काला थापा, प्रकाश श्रेष्ठ, मनिष कुमार ह्योजु, कविता पुर्जा थापा, ढक पुन, कुलवन्त सिह र सन्तोष शाही (चित्रे) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक सुमन अधिकारीले बताए ।
एक कार्यक्रमका बिच अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दीर्घ बहादुर केसीले अधिवेसनको उद्घाटन गर्दै क्लबको विगत ईतिहास स्मरण गरे । आफु क्लबमा नेतृत्व गर्दै र सिकाइकै कारण एन्फाको विभिन्न तहमा पुगेको स्मरण गरे । गोर्खा ब्वायजबाट खेल खेलेर धेरै युवाहरु जिल्ला र राष्ट्रिय टिममा स्थान बनाएको भन्दै उनले अब त्यो बिरासत फर्काउन नया नेतृत्व लाग्नुपर्ने बताए । क्लबहरुलाई पूर्वाधार विकास, अफिस ब्यवस्थापनसम्मको चुनौती नया नेतृत्व रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, नेपाल टेनिस संघका केन्द्रिय सदस्य गोपाल ज्ञवाली, क्लबका सल्लाहकार अक्सफोर्ड बोर्डिङ स्कुलका सहप्राचार्य मोहन क्षेत्री, नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष मनोज ह्यजुले खेल क्षेत्र बुझेको ब्यक्ति संस्थामा आउन सक्ने वातावरण विस्तारै सृजना भईरहेको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष बुद्धि गुरुङले वार्षिक कार्य प्रगति तथा कोषाध्यक्ष बिर बहादुर दर्लामीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष बुद्धि गुरुङले निर्वाचित भएर आएसंग खेल गतिविधिमा क्लबको अग्रसर र प्रगतिबारे प्रकाश पारे ।
क्लबका सदस्यहरुलाई सक्रिय गराउने, नया खेलाडी उत्पादन गर्ने, खेलप्रतियोगिता चलाउने तथा क्लब ब्यवस्थित गर्ने जस्ता गतिविधिमा नया समिति लाग्ने क्लबका महासचिव शंकर मल्लाहले बताए ।



















