Spread the love

बुटवल ७ जेठ

सामाजिक कार्यबाट आफनो अलग पहिचान बनाएको लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन भएका छन । बुधबार क्लबको १७ औँ अधिवेशनबाट श्रेष्ठको अध्ययक्षमा वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन भएको हो ।

क्लबको प्रथम उपाध्यक्ष सन्तोष नेपाल, द्वितीय उपाध्यक्ष महेश पौडेल क्षेत्री, तृतीय उपाध्यक्ष कृष्ण श्रेष्ठ, सचिव रेशम न्यौपाने र कोषाध्यक्ष प्रदिप ढकाल चयन भएका छन । यसैगरी एलसीआइएफ कोअर्डिनेटर सन्दिप पौडेल, मेम्बरसिप डिरेक्टर राजन पाठक, पी.आर.ओ. अनिस श्रेष्ठ र सर्भिस चेयर पर्सन तारा पुरी चयन भएको निर्वाचन आयुक्त राजु खत्रीले बताए ।

नवनियुक्त कार्यसमितिलाई क्लबका संस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष बाबुराम बोहरा, गोपाल पाण्डे तथा विष्णु उपाध्यायले यस क्षेत्रमा क्लबको साखलाई जोगाउने गरि काम गर्न आग्रह गरे । क्लवका निवर्तमान अध्यक्ष दृश्य बरालले निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्