बुटवल,२५ पुस । लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय “ सिनेमाटोग्राफी“ तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको छ । तालिम उद्घाटनको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि प्रदीपकुमार श्रेष्ठले तालिमले फोटोग्राफरहरुको क्षमता र आय आर्जनमा वृद्धि गर्न सहयोग पुग्ने बताए ।
तालिममा स्टोरी टेलिङ,क्यामेरा अपरेटिङ,कलर ग्रेडिङ्ग र फोटोग्राफीमा सिर्जनशीलता जस्ता विषयवस्तुमा भारतका सिनेमाटोग्राफर एवम् ग्रे इण्डियाका प्रमुख कार्यकारी अधिकृत साजन मदानले तीन दिनसम्म सहजीकरण गर्ने तालिम संयोजक दीपक भट्टराईले बताए । यस्तोे तालिम नेपालमै पहिलो पटक बुटवलमा सञ्चालन गर्न थालिएको लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीका महासचिव त्रिभुवन पाण्डेयले बताए । पूर्ण प्रयोगात्मक रहने तालिममा रुपन्देही भरिका ३० जनाको सहभागिता रहेको छ । तालिम पौष २७ गतेसम्म सञ्चालन हुने संघका केन्द्रीय सदस्य मनीष पन्थले जानकारी थिए । उदुघाटन कार्यक्रममा दिनेश अर्याल, रामप्रसाद भण्डारी र माधव पन्थले शुभकामना ब्यक्त गरेका थिए ।



















