बुटवल, २२ पुस ।
प्युठानको स्वर्गद्वारी आश्रममा फल्ने रायोको साग अहिले चर्चामा छ । एउटै पातले ५ देखि ७ जनाको परिवारलाई तरकारी खान पुग्ने गरि सप्रिएको सागको उत्पादन हुदा सबै दंग भएका हुन ।
हावापानी र गाईको शुद्ध गोबर मलले गर्दा साग सप्रिएको स्थानिय बताउछन । मानिसहरूले सागको भारी बोकिरहेका छन् । खेतबाट टिपेर ल्याउँदा टाढाबाट हेर्नेलाई लाग्छ । करीब १९ रोपनी जग्गामा साग रापिएको छ । आश्रमको भान्सामा नियमित पाक्ने यो साग स्थानीय बासिन्दाका लागि विशेष कोसेली पनि हो ।
गाउँलेहरू आश्रममा गाईका लागि खर ल्याउँछन् र सट्टामा यही पोसिलो साग बोकेर घर फर्कन्छन् । स्वर्गद्वारीको प्रसादी जस्तै मानिने यो पास्सी रायो अहिले सबैको आकर्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



















