Spread the love

 

बुटवल, ८ असोज ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनले गुल्मीको मानकोटस्थित आत्मबोध माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका ७१ जना विद्यार्थीलाई विद्यालय पोशाक, सिलाई खर्चसहित, जुत्ता, मोजा तथा एक शैक्षिक सत्रका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्री वितरण गरेको हो ।कार्यक्रमको एक समारोहका बिच छत्रकोट गाउपालिका शिक्षा समिति सदस्य सरोज पाण्डे, क्लबका एजी शिव ज्ञवाली, हाईलाईफ फुड्स प्रडक्ट प्रालिका पंकज ज्ञवाली, विद्यालयका प्रअ रामहरी पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद पन्थले विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले शिक्षामा गरिएको सहयोग समाजको उज्ज्वल भविष्य निर्माणका लागि गरिएको लगानी भएको भन्दै विद्यार्थीको अध्ययनमा सहजता ल्याउने तथा उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग गरेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्