Spread the love

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमिति सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन । भण्डारीले ४११ मत प्राप्त गर्दा सभापतिका प्रतिस्पर्धी जितबहादुर मल्लले भने २२६ मत प्राप्त गरेका छन ।

यसैगरि उपसभापतिमा गणेश घिमिरे ३४९ मतसहित निर्वाचित भएका छन महिला उपसभापतिमा गंगा पन्थी ३८० मत, सचिवमा अर्जुन गिरी ३४९ मत र सहसचिवमा नारायण खनाल ३०४ मत प्राप्त गर्दै निर्वाचित भएका छन । त्यस्तै, सदस्य युवा खुलातर्फ सगुन पुन ३८४ र डा. सन्तोषप्रसाद ढकाल ३६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन ।

निर्वाचनमा कुल ६६९ मतदाता रहेकामा ६४८ मत खसेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्