रुपन्देही । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा सम्पन्न नगर अधिवेशनबाट विमल ज्ञवाली सभापतिमा विजयी भएका छन । कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशनका बुधबार भएको निर्वाचनमा नगर सभापति पदमा विमल ज्ञवाली २०९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गोपाल पोखरेलले ९३ मत र लोकनाथ अधिकारीले ७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नगर उपसभापति (महिला) पदमा सीता अर्याल १७७ मतसहित विजयी भएकी छिन । भने उनको प्रतिस्प्रर्धी सीता कुँवरले १२६ मत प्राप्त गरेकी छिन । निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । यसैगरि उपसभापति (खुला) पदमा टिकाराम उप्रेती सर्वसम्मत भएका हुन ।




















