सुनसरी । सुनसरी प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याइएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले एम्बुलेन्सभित्र प्लास्टिकको पोकामा लुकाएर राखिएको ४५० किलोग्राम गाँजाजस्तो देखिने लागूऔषध बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार राति करिब ११ः२४ बजे प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगलको कोशी लोकमार्गमा चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो ।
प्रहरीले बेवारिसे अवस्थामा रहेको बा २ च ५७५३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखिएको एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ । बरामद गरिएको लागूऔषध र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले बताए ।




















