काठमाडौ,५ असोज ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ चीन सरकारले नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरेका थिए ।



















