काठमाडौं, ५ असोज ।
जापानमा जारी २० औं एसियन खेलकुदमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३–० को सोझो सेटमा पराजित भएको हो ।
नवौं स्थानको लागि भएको खेलमा हङकङसँग नेपाल २५–२०, २५–१९ र २८–२६ ले पराजित भएको छ । नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ । नेपालले फिलिपिन्स र मंगोलियाको खेलमा पराजित हुने टोलसँग भोली खेल्ने तालिका छ ।



















