Spread the love

काठमाडौँ,४असोज ।

नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले केही जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा भने अधिवेशन बाँकी रहेकाले असोज ५ गते पनि अधिवेशन जारी रहने जनाएको छ ।

रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा अधिवेशन हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको कार्यतालिका अनुसार नै बाँकी रहेका वडामा प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्लाका सरोकारवालाहरूलाई आग्रह गरिएको छ । १५ औँ महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कांग्रेसले देशभर वडा तहदेखि नै चुनावी गतिविधि तीव्रताका साथ अघि बढाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्