Spread the love

बुटवल, ३ असोज ।
चाडपर्व नजिकिरहेको बेला बुटवलमा सामाजिक अभियान चलाउदै आएको वण्डरनेष्टले एक दिन अर्बन एडिट प्रदर्शनी गरेको छ । स्वदेशी उद्यमीहरुलाई बजार प्रवद्र्धनमा मद्यत मिल्ने गरि बुटवलका कालिकानगरस्थित क्लब डेनेभोमा स्टाइलसँगै उत्सव मनाऔँ नारासहितको प्रदर्शनी गरेको हो ।

रुपन्देहीमा विभिन्न पेशामा आवद्ध ३ जना महिलाहरुद्धारा स्थापित वण्डरनेष्ट संस्था बालबालिका, युवा र महिला अधिकारसंगै उद्यमशिलता, पर्यटन प्रवद्र्धनको क्षेत्रमा अग्रसर रहेको संचालक प्रबिना घिमिरेले बताईन । स्थानिय स्तरमा उत्पादनमा अग्रसर महिला उद्यमीहरुलाई बजारीकरण र आत्मनिर्भर बनाउन कार्यक्रम फलदायी हुने उनले दाबी गरिन ।

एउटै ठाउमा धेरै छनौट गर्न सकिने गरि स्थानिय उत्पादनहरु प्रर्दशनीमा भेटेको उपभोक्ता गिता थापाले बताईन । महिला उद्यमीहरुलाई प्रवद्र्धन हुने गरि यस क्षेत्रमा नै महत्वपूर्ण काम भएको उनले दाबी गरिन । प्रदर्शनीस्थलमा एउटै हलबाट हेम्सको कपडाहरु, गरगहना, घर सजावट, बालबालिकाका खेलौनाका साथै धेरै खानाका परिकारहरुको १८ बढी स्टलहरु रहेका छन ।

रुपन्देहीमा पहिलोपट गरिएको कार्यक्रममा उत्साहपूर्ण सहभागीता रहेको हुदा अगामी दिनमा समेत निरन्तरता दिने र युवा लक्षित कार्यक्रमहरु चलाउने योजना रहेको आयोजकको बताउछन ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्