Spread the love

बुटवल,१७ साउन

बुटवल उपमहानगरपालिका–११, नरहपुरस्थित तिनाउ सिँचाइ नहरमा आइतबार एक महिलाको शव फेला परेको छ । दिउँसो करिब १ः५० बजे बुटवल–१८ का नन्दराम थारुले खेतमा सिँचाइ गर्ने क्रममा शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दाहालको नेतृत्वमा विपद् व्यवस्थापन तालिमप्राप्त ६ जनासहित १० सदस्यीय टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्