Spread the love

बुटवल, २० जेठ ।
मिस नेपाल २०२६ को क्षेत्रिय अडिसन बुटवलमा सम्पन्न भएको छ । द हिडेन ट्रेजरको आयोजनामा २९ औ संस्करणको मिस नेपाल २०२६ अन्तरगत बुधबार बुटवलमा अडिसन र पत्रकार सम्मेलन गरिएको हो ।

कार्यक्रममा द हिडेन ट्रेजरका डाईरेक्टर सुवर्ण क्षेत्रीले अन्तराष्ट्रिय मन्चमा ३२ वर्षको निरन्तर यात्रा चलिरहेको बताए । २९ औ संस्करणमा आईपुग्दा एउटा ब्राण्डको रुपमा मिस नेपाललाई बनाउन सफल भएको उनले दाबी गरे । अब यसलाई सरकार, समुदायबाट लाभ लिनसक्नुपर्ने समेत आग्रह गरे । सामाजिक क्याम्पेनिङमा मिस नेपाललाई सदुपयोग गर्दा प्रभावकारी हुने उनले दाबी छ । सरकारको थप सपोर्ट भए अझ यसलाई अर्को लेभलमा लग्न सकिने उनले बताए । काठमाडौं भन्दा बाहिर समेत अवसर सृजना हुने गरि अडिसन चलाउदै आएको उनले बताए । प्रतियोगीको न्यूनतम उचाई ५.३ ईन्च र उमेर १८–२७ वर्षको हुनुपर्ने प्रावधान रहेको छ । यसमा ३ वटा मुख्य टाईटलमा प्रतिस्प्रर्धा हुने छ । पहिलेको तुलनामा अहिले गुणस्तरीय सहभागीता रहने गरेको उनले अनुभव बताए ।

कार्यक्रममा मिस कस्मो २०२५ दिपशिखा नेपाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईटेल, मिस नेपाल ईन्टरनेश्नल २०२५ उरुषा भण्डारीले आआफनो अनुभव सुनाउदै आफ्नो देशलाई विश्वमा चिनाउने नै मुख्य लक्ष्यसहित प्रतियोगितामा भाग लिने गरेको बताए । सौन्दर्यप्रतियोगितामात्र नभई यो बौद्धिक र ज्ञान परिक्षणका रुपमा रहेको उनिहरुको भनाईछ । पछिल्लो ३ वर्षको अवधिमा हेर्दा मल्टिमिडिया, टपमोडल, स्पोर्टस लगायतका विभिन्न ईभेन्टमा आफुहरु शुरुवाती चरणमा नै बाहिरिनु परेको दुखेसो गरे । टप १२ मा पुग्न भोटिङ जरुरी हुने हुदा पनि त्यो नपाएको उनिहरुको दुखेसो छ ।

कार्यक्रममा कोअर्डिनेटर महिमा श्रेष्ठले यसपटक भने केहि नया परिवर्तन ल्याउन खोजेको दाबी गरिन । पाच वटा शहरमा क्षेत्रिय अडिसन छनौट सम्पन्न भएको छ । जुन ९ तारिक काठमाडौंमा अडिसन र अगष्ट १ मा फाईनल हुनेछ । जसमध्ये नेपालगंज, बिर्तामोड, पोखरा, बिरगंजबाट ५/८ जना तथा काठमाण्डौबाट २०० जना सहभागीहरुबाट फर्म आएको उनले बताए । यसैबाट अन्तिम ३० हुदै फिनालेमा १५ जनाको छनौट गरिने छ ।

स्थानिय आयोजक राजिव खनालले आफु विगत ९ वर्षदेखी निरन्तर सहकार्य गर्दै आएको बताए । स्थानिय प्रतिभाहरुलाई अवसर दिने राम्रो प्लेटफर्मका रुपमा यो अडिसन सफल रहेको उनको भनाई छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्