Spread the love

बुटवल, ८ पुस ।

बुटवलमा एन्फामा युवा खेलाडी स्वर्गिय निशान न्यौपानेको स्मृतिमा प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा झरना स्र्पोटिङ क्लब कुन्जलापुरले एन्फा एकेडेमी रातोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा झरनाको जितमा अशोक घर्तीले ३४ र ४० औ मिनेटमा गोल गरे । एन्फाका सन्दिप सेजुवालले २१ औ मिनेटमा गोल गरे । खेलमा झरनाका अशोक घर्ती प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा जनज्योती युवा क्लबले न्यू पिएम सप्लायर्सलाई ३–० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा गगन रजाली, अस्मित शर्मा र विजय सुर्यबंशीले गोल गरे । खेलमा जनज्योतीको गोलकिपर सत्यम श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, स्वर्गिय न्यौपानेका बुबा राम प्रसाद न्यौपाने, मुख्य प्रायोजक एबिसि कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर रोशन कंडेल, क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसी, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै सुभारम्भ गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसीले धेरै अन्तरालमा खेल आयोजना गरिएको बताउदै यस्ता प्रतियोगिताबाट युवा खेलाडीहरुलाई प्रोत्साहन मिल्ने हुदा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैया, कप तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसीले बताए । प्रतियोगितामा २० टिमले भाग लिएका छन ।

">
Bajaj Grand Exchange Mela