Spread the love

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) बुटवल नगर कमिटी, मोटरसाइकल इकाइ कमिटी र अटो इन्जिनियरिङ इकाइ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बुटवल उपमहानगरपालिका नगर कमिटीको अध्यक्षमा तिलक पाण्डे चयन भएका छन् । कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा रनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा इन्जिनियर समीर खनाल र सहसचिवमा कमलप्रसाद न्यौपाने चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा बुद्धिकृष्ण महर्जन, उमेश रासकोटी, सुरज आले र केशव खड्का चयन भएका छन्।

यसैगरी, अटो इन्जिनियरिङ इकाइ कमिटीको अध्यक्षमा शिवचन्द्र सिंह चयन भएका छन् । उपाध्यक्षमा राधा पाण्डे, सचिवमा सुमन पोख्रेल, कोषाध्यक्षमा युवराज ढकाल र सहसचिवमा सूर्यनारायण महतो चयन भएका छन् । सदस्यहरूमा हरिबहादुर ओली, सपना श्रेष्ठ, दुर्गा वर्मा र गुड्डु गुप्ता चयन भएका छन्।

मोटरसाइकल इकाइ कमिटीको अध्यक्षमा जीवन बोहोरा चयन भएका छन् । कमिटीको उपाध्यक्षमा गणेश घिमिरे, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा विकास पौडेल र सहसचिवमा भरत महत चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा पंकज सराफ, देवबहादुर कुँवर मगर, सन्दिप श्रेष्ठ, अप्पु राजा र गौरव खनाल चयन भएका छन् । अधिवेसनकै अवसरमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्राविधिक प्रशिक्षण भवन ट्रस तथा सचिवालय शनिबार उद्घाटन समेत गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै अटो ब्यवसायीहरुको विकासमा स्थानिय सरकारबाट सहयोग भएको बताए । बुटवललाई गुलजार बनाउन विभिन्न योजनाहरु अघि बढाएको भन्दै उनले बुटवलसंगै नजिकका एक सय बढी नया स्थानहरु विकास भएको दाबी गरे । अटोमेकानिक्स, फर्निचर ब्यवसायी, ग्रिल जोन रपुनः प्रयोग हुने बस्तुका लागि समेत जग्गा आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बुटवल नगर कमिटीका अध्यक्ष गणेशप्रसाद भट्टराईले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, युनियनका केन्द्रीय पूर्वअध्यक्ष माधव पाण्डे, केन्द्रीय निवर्तमान अध्यक्ष जीवनप्रसाद अधिकारी, बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रेम गौचन, केन्द्रीय सल्लाहकार हेमबहादुर रावल, केन्द्रीय उपाध्यक्ष सन्तोष गुरुङ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले अटो मेकानिक्स तथा प्राविधिक क्षेत्रसँग आबद्ध श्रमिकहरूको संगठन सुदृढीकरण, पेसागत हकहित र व्यवसायको विकासमा युनियनको भूमिकाबारे प्रकाश पारेका थिए ।

यसैबिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पदाधिकारी तथा सदस्यहरु, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नवनिवार्चित सभापति कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो । यसैगरि महिला अटोमेकानिक्स शान्ति नेपाली, जेष्ठ मेकानिक्स सुन बहादुर थापा तथा उत्कृष्ट कार्यसम्पादन गरि संस्थालाई सहयोग गरेका कार्यालय सचिव शिवहरि भण्डारीलाई समेत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भिडियो रिर्पोट

">
Bajaj Grand Exchange Mela