Spread the love

रुपन्देही,४ मंसिर ।

रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नं १६ (साविक मधवलिया गा.वि.स) का १५५ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भएको करिब ३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका हुन् ।

नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच कार्य २०८० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ ।

 

">
Bajaj Grand Exchange Mela