Spread the love

काठमाडौं । आफूलाई सिभिल प्रहरी भएको भन्दै डान्सबार सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्सबारमा मंसिर ४ गते राति करिब १२ः३० बजे घटनामा उनिहरु पक्राउ परेको हो ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन्। प्रहरीका अनुसार ती दुई जना आफूलाई सिभिल प्रहरी भएको बताउँदै क्लबभित्र प्रवेश गरेका थिए । त्यसपछि क्लबका सञ्चालक तथा कर्मचारीसँग वादविवाद गर्दै धाकधम्की र डरत्रास देखाएको आरोप छ।

घटनापछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

">
Bajaj Grand Exchange Mela