काठमाडौँ,४ मंसिर ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २१५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुर्घटनामा लुम्बिनी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने मधेश र बागमती प्रदेशमा ५–५ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा २१५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४८ जना , कोशीमा ३० जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा २५ जना घाइते भएका छन् भने लुम्बिनीमा ५७ जना, कर्णालीमा १५ जना र गण्डकीमा ६ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।





















