Spread the love

काठमाडौं । चीन, अमेरिका र रुसले तीन देशका राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको त्रिपक्षीय शिखर सम्मेलनपछि संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

बिहीबार सम्पन्न सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी थिए। सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरेका हुन्। यद्यपि, अमेरिकी ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन।

संयुक्त वक्तव्यमा तीनै देशका नेताहरूले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गर्दै विश्व शान्ति, रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना अघि सारेका छन्। साथै, विश्व बजारमा ऊर्जाको स्थिर आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी आणविक जोखिम न्यूनीकरण तथा आणविक हतियारको प्रसार रोक्न आपसी संवाद र सहकार्यलाई निरन्तरता दिने सहमति भएको वक्तव्यमा उल्लेख छ।अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका अन्तर्राष्ट्रिय संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने विषय पनि संयुक्त वक्तव्यमा समेटिएको छ। राष्ट्रहरूको सहमति तथा सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा तीनै नेताले जोड दिएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिनपिङले सम्मेलनलाई सकारात्मक, रचनात्मक र उपलब्धिमूलक बताएका छन्। उनले विश्व शान्तिको संरक्षण गर्ने विषयमा तीनै देशको साझा दृष्टिकोण रहेको उल्लेख गरेका छन्।

 

">
Bajaj Grand Exchange Mela