Spread the love

मलंगवा । प्रहरीसँग सम्बन्धित घटनाबारे सामाजिक सञ्जालमा मिथ्या तथा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८ गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन् ।

प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजबाट प्रहरीद्वारा पक्राउ नगरिएको व्यक्तिलाई पक्राउ गरिएको भन्दै भ्रामक सूचना प्रकाशन तथा प्रसारण गरेका थिए । उक्त सूचनाले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक आशंका उत्पन्न गराएको प्रहरीको भनाइ छ । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा प्राप्त सूचना सत्यतथ्य पुष्टि नगरी शेयर, पुनःप्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।

">
Bajaj Grand Exchange Mela