Spread the love

सुनसरी । छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपराअर्ना घाटमा छठ पूजा गरेर घर फर्किएका भक्तजनले प्रयोग गरेको पूजा स्थलमा अपरिचित व्यक्तिहरूले तोडफोड गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते राति उक्त घटना भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जुहर मियाँलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले तोडफोडबाट क्षति पुगेको पूजा स्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइने जनाएको छ । साथै श्रद्धालु भक्तजनलाई पुनर्निर्माणपछि पूजा स्थलमा निःसंकोच सहभागी हुन प्रहरीले आग्रह गरेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

">
Bajaj Grand Exchange Mela