Spread the love

बुटवल । तराई–मधेसको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व छठ बुटवलका विभिन्न स्थानमा श्रद्धा र भक्तिभावका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आइतबार साँझ व्रतालु तथा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै पूजापाठ गरेका छन् । संयुक्त मधेसी समाज बुटवल–रुपन्देहीको आयोजनामा बुटवलको सुन्दरनगरस्थित तिलोत्तमा नदी किनारमा विशेष छठ पूजा कार्यक्रम आयोजना गरिएको संयोजक विजय वर्नवालले बताए ।

उक्त अवसरमा ठूलो संख्यामा व्रतालु, श्रद्धालु तथा स्थानीयवासी बाजागाजासहित सहभागी भएका छन । त्यसैगरी जीतगढीस्थित पारी बुटवल र देवीनगरलगायतका स्थानमा समेत छठ पूजा विशेष ब्यवस्थापनका साथ गरिएको छ । नदी, पोखरी तथा जलाशयका किनारमा सजाइएका पूजास्थलमा व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन् । सूर्यको उपासना गरिने छठ पर्वमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ ।

">
Bajaj Grand Exchange Mela