बुटवल, २८ कार्तिक ।
रोशन नेपाल स्मृति प्रतिष्ठानको १३ औ स्मृति दिवस, साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच प्राडा बाबुराम ज्ञवाली, प्राडा रामचन्द्र आचार्य, समाजसेवी कृष्ण नेपालले स्वर्गिय नेपालको तस्वीरमा पुष्पमाला र दीप प्रज्वलन गरि शुभारम्भ गरे ।
कार्यक्रममा प्रा डा बाबुराम ज्ञवालीले स्वर्गिय नेपालको स्मरण गर्दै समाजसेवासंग जोडिएर प्रतिष्ठानबाट महत्वपूर्ण काम गरिरहेको बताए । हरेक ब्यक्तिको समाजप्रति योगदान जरुरी रहने भन्दै यसप्रकारको कामलाई सबैबाट अनुसरण हुन जरुरी रहेको समेत उनले बताए ।
प्रतिष्ठानका उपाध्यक्ष रामलाल श्रेष्ठले पिडालाई शक्तिमा बदल्ने गरि प्रतिष्ठानबाट समुदाय केन्द्रित काम भएको बताए । वार्षिक रुपमा ईन्जिनियर अध्ययन गर्ने एक जनालाई स्कलर्ससिपका साथै समुदायका विभिन्न क्षेत्रका ब्यक्तिसम्मानको काम आफुहरुले गर्दै आएको उनले बताए ।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्राध्यापक घनश्याम पाठकले विद्यालय विकास र शिक्षा क्षेत्रमा स्वर्गिय नेपालको योगदानबारे प्रकाश पारे । अर्कोतर्फ समाजमा पछिल्लोसमय युवाले मात्र सबै गर्न सक्छन वृद्धहरुले केहि गर्न सक्दैन भन्ने भाष्य सृजना गर्ने काम भएको भन्दै उनले प्राविज्ञहरुको अनुभव, ज्ञानलाई विमर्श गर्दै समेटेर अघि बढाउनुपर्ने अहिलेको अवस्था भएको बताए । राजनीतिक शक्ति र समाज विघटनको प्रक्रियातर्फ बढदा यसले देशलाई नै घात गर्ने उनले दाबी गरे । बौद्धिक ब्यक्तिहरुबाट यो सबै विश्लेषण गरि टुटेको समाज, विघटन भएको समाजलाई जोडेर अघि बढाउनुपर्ने समय आएको उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानकी संरक्षक सावित्री नेपाल, प्यारामाउण्ट बोर्डिङ स्कुलका प्रअ दामोदर भुषाल, प्राविज्ञ हिरा नेपाल, मणिमुकुन्द टुक बहादुर क्षेत्री, सिद्धार्थ बोर्डिङ स्कुलका प्रअ यम बहादुर राना, शुभयात्रा नेपालका अध्यक्ष मधुसुधन गैरेले स्वर्गिय नेपालको स्मरण गर्दै समुदायमा प्रतिष्ठानबाट भएको कामको बारेमा प्रकाश पारे ।
हरेक वर्ष छात्रवृत्ति, श्रेष्ठ नागरिक, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ऋषिराम भुषालले बताए । विद्यार्थीहरु सम्मान अन्तरगत संस्थागत विद्यालयतर्फ एसईईमा उत्कृष्ट अंक ल्याउने ग्रिन प्लान्ट दर्शन भट्टराई, प्यारामाउण्टकी आयुषा भुषाल यसैगरि सामुदायिक विद्यालयतर्फ शान्ति नमुना माबिकी प्रकृति काफ्ले, नयागाउ शिशिर आचार्यलाई नगद, प्रमाणपत्रबाट सम्मान गरिएको छ । यसैगरि प्लस टुतर्फ संस्थागत प्रजित भण्डारी, महाविर बोर्डिङ स्कुलका सक्षम कानु बनिया, उजिरसिह माबिका समर्थ गुरुङ, सुस्मिता गुरुङलाई सम्मान गरेको हो ।
यसैगरि छवि नेपाल स्मृति शिक्षक सम्मान पुरस्कार २०८३ बाट माध्यामिक तहमा योगदान गरेका कान्ति माबिका शिक्षक हरि प्रसाद ढकाललाई सम्मान गरिएको छ ।
अनाथ असाहय अपाङता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण अन्तरगत कालिका मानव ज्ञान माबिका प्रति विद्यार्थी ३ सयका दरले ४२ हजार ६ सय रुपैया विद्यालयका कार्यबाहक अध्यक्ष तेजप्रसाद खनाल र सहायक प्रअ सुदर्शन रेग्मीलाई हस्तान्तरण गरिएको छ । प्रत्येक वर्ष वडास्तरमा घरघरमा पुगेर जेष्ठ नागरिक सम्मान अन्तरगत वडा नं ७ का जेष्ठ नागरिक सम्मान गरिएका प्रतिष्ठानका सचिव मोहनराज शर्माले बताए ।
भिडियो रिर्पोट





















