बुटवल, २८ कार्तिक ।
पाचौ समपुर्ण नकआउट फुटबल प्रतियोगिता २०८३ को तयारी पुरा भएको छ । लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रालिको मुख्य प्रायोजनमा मंसिर ८ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको आवश्यक मैदान मर्मत, टिम दर्ता लगायतको सम्पुर्ण तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष अविर पुन पाईजाले बताए । प्रतियोगितामा उपाधि विजेता टिम नगद ३ लाख ५ हजार ५ सय ५ रुपैया, उपविजेता टिम नगद १ लाख ६० हजार ६ सय ६० रुपैयाबाट पुरस्कृत हुने उनले बताए । समपुर्ण युवा क्लबको संरक्षणमा खेलमैदान संरक्षण र खेलाडी उत्पादन अघि बढाएको उनले बताए ।
बिसं. २०७६ सालमा दर्ता भएर खेलकुद, सामाजिक गतिविधिको क्षेत्रमा अग्रसर रहदै आएको उनले बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं १४ का सदस्य सन्तबिर चौधरी, तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य रबि सेन्चुरी, सुपौली टोल विकास संस्थाका चक्रबहादुर क्षेत्री, समाजसेवी यम बहादुर थापाले प्रतियोगितामा स्थानिय खेलाडीलाई अवसर दिने गरि प्रतियोगिता संचालन गर्न सुझाव दिए ।
प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी र स्याङ्जाका १२ टिम सहभागी हुने क्लबका सहसचिव रबि अर्यालले बताए । प्रतियोगितामा गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो । उद्घाटन खेल आयोजक समपुर्ण युवा क्लब र फर्साटिकर युवा क्लब बिच खेल हुनेछ ।
भिडियो रिर्पोट





















