Spread the love

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । जितसँगै लुम्बिनीले ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कर्णालीले कप्तान परिवर्तन गरेर दक्षिण अफ्रिकी स्टार ब्याटर डेविड मिलरलाई नेतृत्व दिए पनि टोलीको हारको शृंखला रोक्न सकेन । कर्णालीको यो लगातार चौथो हार हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा ८ विकेटको नोक्सानीमा केवल १०५ रनमै समेटिएको थियो । सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। लुम्बिनीका लागि अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसके पनि सर्टको इनिङ्स जितका लागि पर्याप्त बन्यो । बलिङमा कर्णालीका मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा एक मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए ।

पवन सर्राफ र हुसेन तलातले एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको कर्णालीका लागि डार्सी सर्टले ४६ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिएका थिए । त्यस्तै दिलीप नाथले २८ रन बनाए । निरोशन डिकवेलाले १६ र सामिम हुसैनले ५ रन बनाए ।  कर्णालीका कप्तान डेविड मिलर सस्तैमा आउट भए । कप्तान परिवर्तनसँगै ओपनिङमा पनि परिवर्तन गरेको कर्णालीले त्यसबाट फाइदा लिन सकेन ।

पहिलो खेल खेलिरहेका दीपेन्द्र राउत ४ बलमै अभिषेक गौतमको बलमा बोल्ड भए । आरिफुल इस्लाम र दीपक डुम्रेले समान ४ रन बनाए । सोमपाल कामीले १८ बलमा ४ चौका र एक छक्कासहित २८ रन बनाए पनि टोलीलाई ठूलो स्कोरसम्म पु¥याउन सकेनन् । हुसेन तलातले २४ र गुलशन झाले १३ रन बनाए ।

लुम्बिनीको बलिङमा अभिषेक गौतम, कप्तान रोहित पौडेल, डार्सी सर्ट र किशोर महतोले समान २–२ विकेट लिए । रुबेन ट्रम्पलमनले एक विकेट हात पारे ।

">
Bajaj Grand Exchange Mela