भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।
नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, कान्छीबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्।
उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















