Spread the love

बुटवल,१७ कार्तिक ।

नेपालीको महान पर्व तिहार (दीपावली)को अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव गर्ने भएको छ । संघले यहि कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित शुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सव गर्ने संघका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए ।

अपरान्ह ४ देखि राती १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ । महोत्सवमा स्थानीय, विभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ । यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवद्र्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामाग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

तीनदिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्नेगरी उदेसी भैलो प्रतियोगिता, लोकल व्याण्ड तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । सांस्कृतिक कार्यक्रम अन्तरगत महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम पश्चात देउसी भैलो प्रतियोगिता गरिने छ । त्यस्तै दोस्रो दिन लोकल व्याण्डको प्रस्तुती रहनेछ भने तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पनि संघले जनाएको छ । संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाडफाँड गरेको छ ।

">
Bajaj Grand Exchange Mela