Spread the love

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बसडिलवाबाट प्रहरीले ९० लाख रुपैयाँ मूल्य बराबरको मर्सिडिज बेन्ज कार बरामद गरेको छ ।

२०८३ कात्तिक ८ गते खाली जग्गामा बेवारिसे अवस्थामा पार्किङ गरी राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त कार बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट जीजे २१ सीबी ६००१ भएको मर्सिडिज बेन्ज जीएलसी २०० डी (फोरम्याटिक) कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । उक्त कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको छ ।

बरामद गरिएको कार आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको छ ।

">
Bajaj Grand Exchange Mela