रुपन्देही,१७ कार्तिक ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ सानो मझगावाँकी ४२ वर्षीया जुबेदा खातुन को बीभत्स हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका बैजनाथ यादव, बोगडीका मन्जे हरिजन, खजनी चोककै प्रमोद कुमार कुर्मी र मर्चवारीका धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका चारै जनाले प्रहरी बयानका क्रममा हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । गत कार्तिक १२ कोटहीमाई गाउँपालिका वडा नं. ६ र ७ को सीमानामा पर्ने धानखेतमा खातुनको शव फेला परेको थियो ।



















